काठमाडौं, १५ जेठ । सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ५० करोड बजेट छुट्टाएको छ ।
झापाको शान्तीनगर देखि पाल्पा ,प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुन्छ । जसमा अहिले धरान चतरा देखि हेटौडा सम्मको काम अघि बढिसकेको छ । ३०० किमीको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।




प्रतिक्रिया