Logo

Reecharger एप प्रयोग गर्नुहोस, एक रुपैयाँमा वल्र्डकप जर्सी



जेठ १९, काठमाण्डौ । विश्वकप फुटलको रौनक छाउँदै गर्दा मोबाइलएप Reecharger ले १ रुपैंयामा जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो ।

विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँकी हुँदा Reecharger ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षितगर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामि आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reecharger को वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाउन सकिन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई Reecharger बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

“तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्रभुक्तानगर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ । ” ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनकाअनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

“मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।” ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

“नेपाली एप्स हामी नेपालीहरुकै लागि” भन्ने नाराका साथ सेवा सुरु गरेको Reecharger गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवाउपलब्ध गराउने लक्ष्य Reecharger ले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको Reecharger एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्