धरहरा अघिका टहराहरुमाथि यसरी चलाईयो डोजर (फोटोफिचर)


काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाले धरहराको नाममा ठेक्का लिएर संचालित टहराहरु भत्काईएका छन् । यसअघि धरहरा जाने पर्यटकलाई लक्षित गरी महानगरपालिकाले भाँडामा दिएका यी सटरहरुको प्रयोजन धरहरा भत्किएसँगै सकिएको थियो। यद्यपी यी व्यापारीहरुले सटर र टहरा कब्जा गरेर व्यवसाय संचालनगर्दै आएका थिए।

महानगरपालिकाले यी व्यवसाय हटाउन पटक पटक मौखिक सूचना दिएको थियो। व्यवसायीले अटेर गरेपछि महानगरले १५ दिनअघिनै गोरखापत्रमा समेत सूचना प्रकाशन गरेको थियो।

यति हुँदापनि व्यवसायीले अटेर गरेपछि महानगरले बल प्रयोग गरेको थियो । भत्काउन बाँकी रहेको पसलहरुमा क्षति नपुगोस भनेर महानगरले प्रयेक पसलमा सटर खाली गराउन २४ घण्ठे अल्टिमेटम पत्र समेत टाँसेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे