चिनबाट फर्किएपछि खनालले भने,-मलाई अन्याय भयो


जेठ १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अन्यायमा परेको गुनासो गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने बताए ।
पार्टी बरियतामा अन्याय भएको भन्दै उनले पार्टी भित्र भिन्न मत राखिसकेको जानकारी दिए ।

उनले भने, ‘म पाटी भित्र संघर्ष गर्छु । न्याय पाउनका लागि आफ्नो लडाईलाई जारी राख्छु ।’

कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए ।

कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वप्रधानमन्त्री खनाल चीन भ्रमणमा गएका थिए ।