Logo

अन्तर्राष्ट्रिय सम्पर्क समिति जापानको अध्यक्षमा रायमाझी



जापान, २० जेठ । अन्तराष्ट्रिय सम्र्पक समितिकोे पहिलो अधिवेशन जापानमा सम्पन्न भएको छ । गत सोमवार जापानमा भएको प्रथम अधिवेशनले रेशम रायमाझीको अध्यक्षतामा नँया कार्य समितिको गठन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा खिम रायमाझी अन्य उपाध्यक्षहरुमा बावुराम खरेल, लेख रायमाझी, इश्वरी सापकोटा, यज्ञप्रसाद घिमिरे, डिलाराम खरेल, महासचिवमा रामु खरेल, उप–महासचिवमा भुवन सापकोटा, सचिव अम्मर बुढाथोकी, सह–सचिवमा सुधा सिटौला (सापकोटा), कोषाध्यक्षमा पदम रायमाझी, सह–कोषाध्यक्षमा बिष्णुप्रसाद खराल, अन्य सदस्यहरुमा लिलाराम खरेल, विष्णु राना, भरत खरेल रहनुभएको छ ।

बाँकी कार्यसमितिको पदपूर्ति भने कार्यसमितिको पहिलो बैठकले गर्ने संस्थाले जनाएको छ । यस्तै पहिलो अधिवेशनले सल्लाहकार समितिको समेत चयन गरेको छ । बरिष्ठ सल्लाहकारमा अर्जुन रायमाझी, सल्लाहकार दिलिप थापा, टेकनाथ सापकोटा, योगेन्द्र खरेल, महिला संयोजकमा सपना खराल, सदस्यमा श्रृजना खराल र रक्षा रायमाझी रहनु भएको छ । संरक्षकमा इन्द्रबहादुर थापा रहनुभएको छ

संस्थाका निर्बतमान अध्यक्ष दिलिप थापाले कुल ७ लाख,५० हजार बरावरको बार्षिक आयव्यय सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०७३ सालमा साविसको वामी गाविस वडा नं. ९का विदेशमा छरिएर रहेका ५० जना सदस्यहरु मिलेर स्थापना भइआएको संस्थाले हाल भने एकै वडाका विश्वभर छरिएर रहेका झण्डै ५ सय नेपालीहरु संस्थामा आवद्ध रहेको डब्लुआइसीसीका निबर्तमान अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो ।

हाल संस्थाले खेलकुद एवं संस्कृतिको जर्गेना, विरामी तथा आगलागि लगायतका विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर आर्थिक सहयोग गदै आएको अन्तराष्ट्रिय सम्र्पक समितिका निर्बमान अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो ।

साथै अध्यक्ष थापाले भन्नुभयो, साविकको वामी गाविस वडा नं. ९ अन्र्तगत रहेको संस्थालाई भावी दिनमा अझ व्यवस्थित गदै विश्वभर छरिएर रहेका वामीबासीहरुलाई संस्थामा आवद्ध गरेर आफ्नो जन्मभूमि र गाँउप्रतिको विकासमा सबै एकजुट भई मिलेर सामाजिक विकासमा हातेमालो गदै अगाडी बढ्ने सोच रहेको छ । संस्थाको प्रधान कार्यालय भने मुसिकोट नगरपालिका ७ सेरा गुल्मीमा रहेको छ ।

साथै अधिवेशनले साविकको वामी गाविस वडा नं. ९ सेराका हाल मुसिकोट नगरपालिका वडा नंं.७ सेराका राना परिवारबाट पहिलो पटक अध्ययनको लागि जापान जानुभएका विष्णु रानालाई संस्थाद्धारा सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्