काठमाडौं, २० जेठ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ ।
आईतबार बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आजको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै बैठकले विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ ।
बैठकले काठमाडौं–तराई फाष्ट ट्रयाकको कामलाई थप तिव्रता दिनका लागि सम्बन्धित समितिलाई अनुगमन गर्न निर्देशन समेत दिएको मन्त्री महासेठले जानकारी दिए ।




प्रतिक्रिया