मकवानपुर, २१ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विखण्डनकारी र देशद्रोहीलाई सहन नसकिने बताएका छन्।
प्रदेश नम्वर ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्र मधेश भन्या के हो? वाहियात कुरा नगरौं।’ स्वतन्त्र मधेशका नाममा विखण्डनकारीको चलखेल देखा परेको भन्दै प्रधानमन्त्री ओलीले मधेश भन्ने देश कहाँ थियो? भन्दै प्रश्न गरे।
देशलाई विकास र सम्वृद्धिको बाटोमा लैजान हतार भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसा जरुरी नभएको बताए।
उनले विप्लव नेतृत्वमा रहेको नेकपालाई हिंसाका गतिविधि छाड्न आग्रह गरेका छन्। उनले भने, ‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू। अर्काको लहैलहैमा लागेको हो भने पनि हिंसा छोड्नु।’ हिंसा र विखण्डकारी चाहने तत्वलाई रोकिछाड्ने पनि उनले बताए।




प्रतिक्रिया