जेठ २२, काठमाण्डौ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ ।
भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।
क्षतिको विवरण भने आएको छैन । मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।




प्रतिक्रिया