काठमाडौं, २३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेको एक सातापनि बितेको छैन । तर, उनी नेतृत्वको मन्त्रालयमा अहिले ठूलो विवाद भएको छ ।
स्रोतका अनुसार मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेसँगै राज्यमन्त्री पद्यमा अर्याललाई आफ्नो जिम्मेवारीबाट हदिदिन आग्रह गरेका थिए । तर, राज्यमन्त्री अर्यालले भने आफूलाई यसको लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अडान लिँदै नहट्ने अडान लिएकी थिईन् ।
यादवले स्वास्थ्य मन्त्रालय नै आफ्नो पार्टीको कोटामा परेकोले राज्यमन्त्रीमा बसिरहन नपर्ने भन्दै मन्त्री अर्याललाई जतिसक्दो चाँडो नै जिम्मेवारीबाट विदा हुन आग्रह गरेका थिए । यादवले उता मन्त्री क्वार्टरसमेत खाली गर्न अर्याललाई निर्देशन दिएको स्रोतको दाबी छ।




प्रतिक्रिया