काठमाडौं, २४ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् ।
उनले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको बताउँदै त्यसलाई नयाँ गतिका साथ अघि बढाउन चुनौतीको सामना गरेर अघि बढनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको स्मरण गराएका थिए ।


तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया