काठमाडौं, २५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक भर्खरै सम्पन्न भएको छ । आज विहान बसेको बैठकले कम्तिमा ६ महिनाका लागि महाधिवेशनको म्याद थप गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेको एक नेताले जानकारी दिए ।
असार मसान्तभित्र महाधिवेशन गरिसक्न भन्दै बिहिबार आयोगले राजपालाई पत्र पठाएसँगै शुक्रबार बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो। आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ ।




प्रतिक्रिया