‘संविधान संशोधन गर्नकै लागि हाम्रो पार्टी सरकारमा सहभागी भएको हो’
काठमाडौं, २६ जेठ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजालले संविधान संशोधन गर्नकै लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् । उनले भने,‘विगतमा भएका सहमति तथा सम्झौताहरु कार्यान्वयन गर्न दुई बुँदे लिखित सहमतिका आधारमा पार्टी अहिले सरकारमा सहभागी भएको हो ।’
रिजालले अहिलेको सरकारसंग दूईतिहाई बहुमत रहेकोले संविधान संशोधन सूनिश्चित हुने विश्वास दिलाए । ‘हिजो कांग्रेस सरकारमा जाँदा एमाले नजाने, एमाले जाँदा कांग्रेस नजाने भएको कारणले संविधान संशोधन हुन सकेन’ रिजालले भने,‘अहिले संविधान संसोधनको लागि अनुकुल वातावरण छ, यदि यसो भयो भने राज्यले निकास लिन्छ ।’
संविधामा धेरै धाराहरु विभेदकारी भएकोले संविधान संशोधन गर्न आफूहरुले जोडतोडका साथ मुद्दा उठाईरहेको रिजालको भनाई थियो । उनले भने,‘नेपालको संविधानको प्रस्तावनामा नै नेपालको संविधान २०७२ लेखिएको छ, त्यहाँ संघीय लोकतान्त्रिक नेपालको संविधान–२०७२ लेखिनुपर्दथ्यो । यी लगायत संविधानका धेरै धाराहरु संशोधन गर्नुपर्छ ।’
आफ्नो पार्टी जातीवादी नभएको जिकिर गर्दै उनले अहिलेका कांग्रेस र कम्यिूनिष्ट पार्टीहरु जातिवादी भएको आरोप लगाए । ‘हाम्रो पार्टीमा समावेशी अनुहारहरु भएकोले संसारकै समावेशी पार्टीको रुपमा हामी रहन सफल भएका छौं।’–उनले भने ।
राजनितिक यात्रामा कहिल्यै सिधा, कहिल्यै बाङगो कहिल्य घुमाउरो हिड्नुपर्ने बाध्यता भएकोले हिजो बाङ्गो तरिकाले हिँडेका थियौ भने आज आफूहरु सिधा रुपमा हिँड्न थालेको उनले बताए ।
जातीय जनसंख्याको आधारमा सबैभन्दा बढि जनसंख्या खस–आर्यको भएको र सबैभन्दा बढि खस आर्यलाई आरक्षण दिनुपर्छ भन्ने पार्टी भएकोले आफ्नो पार्टी खस आर्यको विरोधी नभएको समेत उनले जिकिर गरे ।
पार्टी एकीकरणको सन्दर्भमा बोल्दै अहिलेको परिस्थितीमा नेपाल कम्यिुनिष्ट पार्टीसँग आफ्नो पार्टीको एकता हुने सम्भावना नरहेको रिजालले दाबी गरे ।




प्रतिक्रिया