माओवादीले मोदीको हत्या गर्ने योजना बनाएको खुलासा …

0
Shares

काठमाडौं २७ जेठ । भारतीय माओवादीले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्‍यन्त्र गरीरहेको खुलासा भएको छ । महाराष्ट्रको पुनेस्थित प्रहरीले भारतीय माओवादीको आन्तरिक सञ्चारबाट उक्त योजना पत्ता लगाएको हो । मोदीको पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकै शैलीबाट हत्या गर्ने षडयन्त्रको योजना सार्वजनिक भएको हो । ‘हामी एक राजीव गान्धी प्रकारको घटनाका बारेमा सोचिरहेका छौं ।

मोदीको नेतृत्वमा हिन्दु फासीवादी शासनले स्वदेशी आदिवासीहरूको जीवनलाई भयभित बनाएको माओवादीको आरोप छ । १५ भन्दा बढी राज्यमा भारतीय जनता पार्टीले सरकार बनाएको र यही गति कायम रहे सबै मोर्चामा आफूहरूले अत्यधिक समस्या बेहोर्नुपर्ने पत्रमा उल्लेख छ ।

प्रहरीले उक्त पत्र माओवादीका पाँच जना समर्थकको गिरफ्तारीका क्रममा फेला पारेको हो ।

महाराष्ट्रको गृह मन्त्रालय स्रोतका अनुसार प्रहरीले यस्ता दुई वटा पत्र अदालतमा पेश गरेको छ, जसमा मुख्यमन्त्री देवेन्द्र फडनाभिस र उनको परिवारमाथि ‘थ्रेट’ दिइएको छ । हालै गाडचिरोली भन्ने ठाउँमा भएको ‘इन्काउन्टर’मा धेरै माओवादी कार्यकर्ता मारिएका थिए । सोही घटनाको बदला लिन माओवादीले यस्तो योजना बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।