काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले मुलुकको समृद्धिको लागि सत्तापक्षलाई सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले निर्देशनले मात्रै विकास हुन नसक्ने बताएका छन् ।

आईतबार रातोपाटी डटकमको पाँचौंं वार्षिकोत्सवको अवसरमा काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले भने,‘समृद्धिको यात्रा निर्देशनबाट हुँदैन । माथिकालाई तलकाले निर्देशन दिँदै जाने हो भने विकास कसले गर्ने ? चिया ल्याउनेले ?’




प्रतिक्रिया