‘नेकपाको भातृ संगठन मिलाउन धौ धौ’


जेठ २८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य मणि थापाले तत्कालिन एमाले र माओवादीका भातृ संगठन एक बनाउन अप्ठ्यारो भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले संगठनहरुको एकता गराउनका लागि संघर्ष नै गर्नुपरेको बताए ।

दुई पार्टी मिलेर एक भइसकेको अवस्थामा अब भागबण्डाको आधारमा संगठन बनाउन नहुने थापाले बताएका छन् ।

भातृ संगठनमा आवद्ध नेताहरुमा आकांक्षा हुनु सामान्य भए पनि पार्टीको नीति भित्रै रहेर एकता गराइने थापाको दाबी छ ।

सामान्य असन्तुष्टीकाबीच पनि सकारात्मक दिशातर्फ भातृ सगठनको एकता प्रक्रिया अगाडि बढिरहेको थापाले बताए ।