ओलीको चीन भ्रमणपछि ९ देशका राजदुत फिर्ता बोलाउने


काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै कांग्रेस सरकारले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले मनोनित गरेका विभिन्न ९ देशका राजदुतहरुलाई फिर्ता बोलाउने भएको छ ।

स्रोतका अनुसार राजदुत फिर्ता बोलाउनेसहितको प्रस्ताव हालैको क्याबिनेटमा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले लगेका थिए । ९ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

कांग्रेससहितको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको भागमा परेका राजदूतलाई फिर्ता बोलाउने तयारी भैसकेको सरकारका एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा कांग्रेसको सिफारिसमा भएका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), डा. विश्वम्भर प्याकुरेल (श्रीलंका), डा. चोपलाल भुसाल (बंगलादेश), रमेशप्रसाद कोइराला (कतार), भीमकृष्ण उदास (म्यानमार), राप्रपाको सिफारिसमा भएका प्रतिभा राणा (जापान), निरन्जन थापा (इजरायल) र भरतबहादुर रायमाझी (स्पेन) रहेका छन् ।

त्यस्तै तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा भएकी शर्मिला पराजुली (ओमान) लाई पनि फिर्ता बोलाउने तयारी सरकारले गरेको छ । तर, प्रधानमन्त्री ओली भने पराजुलीलाई नहटाउने पक्षमा पुगेको स्रोतको दाबी छ ।