काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सन्चालित बाजेको सेकुवामा छापा मारेको छ ।
समितिकाअनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवामा छापा मारेर सिलबन्दी गरिएको छ ।
सो रेस्टुराँकाका मालिक चेतन भण्डारी फरार रहेका छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ ।
प्रहरीकाअनुसार बाजेको सेकुवा नामबाट हाल १० ओटा रेस्टुराँ सन्चालनमा रहेका छन् । त्यसमध्ये पाँचओटा भण्डारी र एउटा उनको साला सन्चालक रहेको जनाइएको छ ।
ती ६ ओटैमा छापा मारेर सिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिएको छ ।




प्रतिक्रिया