असार १, काठमाण्डौ । पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान भएकाे सवारी दुर्घटना परी मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा ट्रक सडकबाट करिब ५०० मिटर तल त्रिशुली नदी किनारमा खसेको छ । माइक्रो घटनास्थलमा नै रहेको छ ।
दुर्घटनामा माइक्रोमा सवार ३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो। थप एक जनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुर लगिएको छ। मृतक र घाइतेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया