काठमाडौं, १ असार । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला यही असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हुँदैछ ।
उक्त भेलालाई मध्येनजर गर्दै यतिवेला जिल्ला सभापतिहरू वडा वडा पुगिसकेका छन् । गत वैशाख १६ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको थियो।
मुलुक संघीयतामा गइसक्दा पनि कांग्रेसको संगठन भने पुरानै प्रकृतिको छ। नयाँ संरचनाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने भएकोले उक्त भेला हुन लागेको हो ।
पार्टी केन्द्रिय कार्यालयले जिल्लाका सभापतिहरुलाई उक्त भेलाका एजेण्डाहरु पठाईसकेको छ । उता सभापतिहरुले पनि ती एजेण्डाहरु वडा वडासम्म लिएर गएका छन् । स्रोतका अनुसार जिल्ला सभापतिहरु यतिवेला वडासम्म पुगेका छन् ।
पार्टीको संगठन सुदृढिकरण, संघीय ढाँचा अनुसार संगठनको संरचना बनाउने र पार्टी सञ्चालनको विधि र प्रक्रिया पनि नयाँ बनाउनेबारे भेलामा छलफल हुनेछ । त्यस्तै वर्तमान सरकारसँग मुकाविला गर्नेबारे पनि भेलालले रणनीति बनाउने बुझिएको छ ।




प्रतिक्रिया