Logo

पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण



बेइजिङ, २ असार / पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली चीन भ्रमणमा जान लाग्नु भएको समाचार छ ।  उहाँले अगामी जुन २० बाट २६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले शुक्रबार बेइजिङ्मा आयोजना गरिएको प्रेस ब्रिफिङ्मा सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । (रासस/सिन्हवा)



प्रतिक्रिया दिनुहोस्