Logo

भारतीय राष्ट्रपति कोविन्द ग्रीस, सुरिनेम र क्युबाको भ्रमणमा



नयाँ दिल्ली, ३ असार : भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तीन वटा देशको सात दिने भ्रमण सुरु गर्नुृ भएको छ । उहाँले शनिबारबाट ग्रीस, सुरिनेम र क्युबाको भ्रमण सुरु गर्न लाग्नु भएको हो ।

उहाँले राष्ट्र प्रमुखको हैसियतबाट युरोप र ल्याटिन अमेरिकाको भ्रमण गर्न लाग्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका जनाइएको छ । पहिलो चरण ग्रीसबाट सुरु हुन लागेको यस भ्रमणहरु जुन १६ बाट १९ सम्म हुने जनाइएको छ ।

गं्रीसमा उहाँले भारतीय समूदायसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । हाल ग्रीसमा १२ हजार भारतीय मूलका नागरिकको बसोवास रहेको छ । क्युबामा राष्ट्रपति कोविन्दले क्युबाका पूर्व राष्ट्रपति फिडल क्यास्ट्रोको समाधि स्थलमा गई फूलको माला चढाउने कार्यक्रम रहेको छ । (रासस /सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्