चीन भ्रमणबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई केन्द्रित बनाएर उक्त भेटवार्ता भएको हो ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपतिले भ्रमण सफल बनाउनको लागि प्रधानमन्त्रीलाई निर्देशन समेत दिएकी थिईन् । भ्रमणलाई फलदायी बनाउन राष्ट्रपति भण्डारीको जोड थियो ।