असार ४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीकी प्रवक्ता पम्झा भुसालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण विशेष ढंगले सफल हुने दाबी गरेकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदाको अप्ठेरो कार्यकालमा चीनसँग महत्वपूर्ण सम्झौता गरेकाले यसपटकको भ्रमण पनि फलदायी हुने बताईन् ।
त्यसबेला भएको १० बुँदे सम्झौताकार्यान्वयन गर्दै चिनियाँ रेल नेपाल ल्याउनका लागि यस पटकको भ्रमण उपलब्धिमुलक हुने उनको जिकिर छ ।
चीनसँगको नाका खुलाउनेदेखि, जलविद्युतमा लगानी बढाउनेसम्मका एजेण्डामा यसपटक ओलीको चीन भ्रमण सफल हुने भुसालले बताइन् ।
बन्दरगाहको प्रयोग र पेट्रोलियम पदार्थको खोजी गर्ने विषयमा चीनसँग छलफल हुने भुसालले जानकारी दिइन् ।
“नेपालीको रेल चढ्ने सपना प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि यथार्थमा परिणत हुनेछ ।” भुसालले भनिन् ।




प्रतिक्रिया