Logo

जापानमा शक्तिशाली भूकम्प, ३ को मृत्यु, दर्जनौँ घाइते



असार ४ । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ ।

जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

विश्वमा नै जापान सबैभन्दा धेरै भूकम्प जाने देशमा पर्दछ ।



प्रतिक्रिया दिनुहोस्