प्रधानमन्त्री ओली चीन प्रस्थान, भोलि सि जिनपिङसँग भेटवार्ता


काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।

परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार भ्मणको क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।

तस्विर :मुकुन्द कालिकोटे