काठमाण्डौ, ५ असार । प्रधानमन्त्री केपी ओली आज चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।
परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार भ्रमणको क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुनेछ ।


कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले चीन भ्रमणका बेला आर्थिक सहयोगको एजेण्डालाई प्राथमिकतामा राखिएको बताएका छन् ।

उनले भने,‘हामीले जे जति सोचिरहेका छौँ, त्यो भन्दा धेरै लगानी र सहयोग चीन सरकारबाट नेपाललाई प्राप्त हुन्छ, चीनसँगको तातोपानी नाका खुलाउन पनि यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
तस्बिर-मुकुन्द कालिकोटे




प्रतिक्रिया