बेइजिङ पुगेर ओलीले भने : चीन नेपालको भरपर्दो छिमेकी, सहकार्य अघि बढ्छ


बेइजिङ चीन, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन नेपालको भरपर्दो छिमेकी मित्रराष्ट भएकोले आगामी दिनमा द्धिपक्षीय सहकार्य अघि बढ्ने विश्वास दिलाएका छन् ।

ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । मंगलबार साँझ बेइजिङ पुगेलगत्तै दूतावासले गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ भाषामा नै सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान खिचेका थिए। प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने बताए।