प्रधानमन्त्रीको भ्रमणमा कनेक्टिभीटि र हाईड्रोमा सहमति हुने सम्भावना : शर्मा


विशेष प्रतिनिधि ऋषि धमला :

बेईजिङ, ५ असार । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणमा कनेक्टिभिटीबारे सहमति हुनसक्ने खुलासा गरेका छन् ।

चीनमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै भ्रमण दलका सदस्य समेत रहेका नेता शर्माले यस्तो बताएका हुन् । उनले भने,“प्रधानमन्त्रीको यो भ्रमणमा कनेक्टिभीटी, हाईड्रोपावरमा छलफल गर्ने र सहमति हुने सम्भावना छ ।”

उनले प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीन दुई देशको हितमा सकारात्मक हुने पनि विश्वास दिलाए । उनले नेपालमा चीनीयाँ रेलमार्गको कुराबारे स्पष्ट पार्दै भने,“यो कुरा अहिले भन्नु भन्दापनि त्यो हाम्रो भीजन अनुसार बनाएको हो, त्यो गर्नुपर्छ । चीनीयाँ पक्षको सहयोग र सद्भाव रहन्छ भन्ने विश्वास छ । अहिले सरकारको एजेण्डा नै आथिृक समृद्धि हो । यो एजेण्डामा सरकार अघि बढ्छ ।”