Logo

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै



असार ६, चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् ।

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ ।

ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच नेपाली समयानुसार अपरान्ह पौने तीन बजे करिब ४५ मिनेट भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आपसी हितमा केन्द्रित हुने सो भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् ।

समकक्षी ली खछ्याङ र ओलीबीच भने भोली मात्र भेट हुनेछ । लीसँग भोली अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको छ । सो भेटपछि मात्र दुई देशबीच सहमति र सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

बिभिन्न राजनीतिक दलका नेताहरुसंग कुराकानीपछि प्रधानमन्त्री ओलीले भोली नै चिनियाँ नेशनल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्