Logo

कांग्रेसका ८ जना युवा नेता फेरी जागे, जिल्ला सभापतिहरुलाई दिए यस्तो सुझाब



असार ६, काठमाण्डौ । नेपाली कांग्रेसका ८ जना युवा केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गर्दै पत्र लेखेका छन् ।

सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ ।

पत्रमा चण्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् ।

आठ केन्द्रीय सदस्यहरुले हेटौंडामा जारी सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भनिएको छ । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ ।

“हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं ।” पत्रमा भनिएको छ ।

यस अघिका सम्बन्धित समाचारहरु: 

कांग्रेस जिल्ला सभापतिको भेला : संकल्प एकताको प्रतिस्पर्धा गुटको

पार्टीको विधान परिवर्तनका लागि सभापति भेला महत्वपूर्ण : खड्का

कांग्रेस जिल्ला सभापति भेला हेटौंडामा सुरु हुँदै

गगन थापाले गरे एकताबारे खुलासा
——-

उनीहरुले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गर्न आह्वान गरेका छन् । कम्तिमा यसै वर्ष ती तहको अधिवेशन सम्पन्न गरी २०७६ सालमा केन्द्रीय महाधिवेशन गर्न उनीहरुले सुझाव दिएका छन् ।

कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्य्दिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।

उनीहरुले यसअघि केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको ५१ पृष्ठ लामो प्रतिवेदन पनि अध्ययनका लागि सभापतिहरुलाई दिएका छन् । जुन प्रतिवेदनमा चुनावी हारको विस्तृत समीक्षा गर्दै कांग्रेस सुधारका विकल्प दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्