बेईजिङ, ६ चीन । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच अहिले एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ ।
ओली र राष्ट्रपति सी जिनफिङबीच आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता भएको हो । उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा चीनीयाँ राष्ट्रपतिले चीनको एक चीन नीतिप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेकोमा नेपालको खुलेर प्रशंसा समेत गरेका छन् ।
ओली र जिनपिङबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । बेईजीङमा रहेका पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच आज नेपाल–चीन द्धिपक्षीय हितबारे खुलेर कुराकानी भएको थियो ।
भेटमा नेपाल–चीन द्धिपक्षीय सम्बन्ध र आर्थिक समृद्धिमा साझेदारीबारे छलफल समेत भएको थियो । नेपालको समृद्धिको लागि सक्दो सहयोग गर्ने विश्वास चीनीयाँ राष्ट्रपतिले दिलाएका छन् । नेपालमा लगानी बढाउन चीनीयाँ राष्ट्रपति सकारात्मक पाईएको नेपाली पक्षले जानकारी दिएको छ ।




प्रतिक्रिया