चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?


विशेष प्रतिनिधि ऋषि धमला : बेईजीङ, ६ असार । मित्रराष्ट्र चीनको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनीयाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् ।

आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भएको भेटवार्तामा चीनीयाँ राष्ट्रपतिले यस्तो बताएका हुन् । राष्ट्रपति सी जिनपिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहको कुरा प्रधानमन्त्री ओलीलाई विश्वास दिलाएका थिए ।

सम्बन्धित समाचारहरु :

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

करिब आधा घण्टाको एक्लाएक्लै भेटवार्तापछि भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीतिमा प्रतिबद्ध रहेकोमा आभार प्रकट गरेका थिए । त्यस्तै नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा पनि कृतज्ञता व्यक्त गरे ।