Logo

डोजर बोकेको ट्रक सप्तकोशीमा खस्यो, दुईको मृत्यु



असार ६, काठमाण्डौ । कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् ।

सम्बन्धित समाचार :

पोखराका मेयरले डोजर चलाउँदा पाँचजना घाइते

पशुपतिको शिवालयमा डोजर चलाउदा स्थानीय आक्रोसित-फोटो फिचर

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल र्पुयाउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्