असार ६, काठमाण्डौ । पूर्वयुवराज पारस शाह गोरखा पुगेका छन् । मंगलबार मनकामना मन्दिरका पूजा गरेका शाहले बुधबार गोरखा कालिका र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
तत्कालिन शाह वंशिय राजाहरुले कुल देवी कालिका र इष्ट देवताको रुपमा गोरखनाथलाई लिने गर्छन् । गणतन्त्र स्थापना पछि पहिलो पटक पुख्र्यौली थलो आएका शाहले गोरखा संग्राहालयको अवलोकन गर्नुका साथै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरे ।
सम्बन्धित समाचार :
अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा
पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा
गोरखा संग्राहालय परिसरमा रहेको पुरातात्वीक सामानहरुको बारेमा जानकारी लिएका थिए । हातहतियार कक्ष, शाह वंशिय राजाहरुको परिचय कक्षामा पारसले गहिरो अध्ययन गरेका थिए ।
पूर्वयुवराज पारस शाहलाई समर्थकले पन्चेबाजा र मोटरसाइकर्ल याली सहित शाहलाई गोरखा दरबार र्पुयाएका थिए ।




प्रतिक्रिया