असार ६, काठमाण्डौ । संगठित सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ब्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानविन समिति र प्रहरीको संयुक्त टोलीले व्यापारी पोदारलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो ।
पोदारलाई बा ८ च ७७१३ नम्बरको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । पोदरको गृह मन्त्रालयमा वयान लिने काम भइरहेको छ ।
त्यसैगरी यही घटनाका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतीका सहयोगी राम तिवारीको पनि संलग्नता भेटिएको छ । तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।
सम्बन्धित समाचार :
साढे ३३ किलो सुन तस्करी : काठमाडौँका तीन सुन पसलमा छापा
३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ
३३ किलो सुन तस्करी : अभियुक्तको बचाउमा बहस
साँढे ३३ किलो सुन तस्करी काण्ड : पूर्व आईजीपी प्रकाश अर्यालपनि मुछिए
सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा
अपराध महाशाखका तत्कालीन डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र गोरेबीच भएको टेलिफोन कुराकानीमा समेत तिवारीको नाम उल्लेख थियो । तिवारी, गोरेलाई प्रहरीदेखि अदालतसम्म मान्छे चिनाउने विचौलीया रहेको अनुसन्धान समितिको दाबी छ ।
६३ जनाविरुद्ध मुद्दा दर्तापछि फक्राउ परेका तिवारीसहित अन्य ६ जनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले समेत सुक्ष्म अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया