Logo

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम



काठमाडौँ, ६ असार : पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् ।

आजदेखि कामपाको ३२ वडामध्ये ११ वटा वडामा तालीम भइरहेको छ । तालीम सञ्चालन हुने वडामा वडा नं २, ३, ४, ५, ६, ७, ८, १०, १३, १४, र २६ रहेका छन् ।

कामपाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले वडामा एक÷दुई जनालाई तालीम दिएर परिणाम मापन गर्न नसकिएको हुँदा इच्छुक जो कोहीलाई पनि तालीममा सहभागी गराएर व्यवस्थित र योजनाबद्ध सीप सिकाउने उद्देश्य रहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु :

काठमाडौं महानगरकी उप-मेयर खड्गीले सुनाईन एक वर्षको कार्यप्रगति (विज्ञप्तीसहित)

महिला सशक्तीकरणका लागि काम गर्छु : खड्गी

कामपा वडा नं १४ अध्यक्ष शोभा सापकोटाले समाज रुपान्तरणका लागि आर्थिक उपार्जनका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो । तालीममा सहभागी सबै महिला न्यून आय, दलित र एकल महिलालाई प्राथमिकता दिएर छनोट गरिएको बताउँदै घरेलु तथा साना उद्योग संघ काठमाडौँकी अध्यक्ष सीता कार्कीले १५ दिनसम्म सैद्धान्तिक कक्षा सञ्चालन गरिने र बाँकी पाँच दिन उत्पादित सामान बजारमा पु¥याइ बिक्रीसम्बन्धी ज्ञान दिलाउने योजना रहेको जानकारी दिनुभयो ।

जुत्ता, चप्पल तथा व्याग, मोतीका माला, साबुन र अचार बनाउने, जेरी पकाउने , नेपाली कागजबाट गहना बनाउने, ढाका बुनाइ, सौन्दर्यकर्मीजस्ता तालीम सञ्चालन हुनेछ । यसअघि पनि कामपाले थोरैको संख्या र छोटो समयका लागि तालीम सञ्चालन गर्दै आएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्