Logo

साउदी अरब दुतावासको मनपरीले विदेश जाने युवा अलपत्र, व्यवसायी आक्रोषित



असार ७, काठमाण्डौ । नेपालबाट दैनिक सयौँ नेपाली युवा विदेश जाने गर्दछन् । नेपालीहरुल विदेश जाने विभिन्न गन्तव्यहरुमध्ये साउदी अरेबिया अग्रपंक्तिमा आउँछ ।

विदेश काम गर्न चाहने युवाहरुलाई सहयोगि भूमिका निर्वाह गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरुलाई पछिल्लो समय नेपालस्थित साउदी अरबको दुतावासले दुःख दिने गरेको खुलासा भएको छ ।

साउदी अरबमा काम गर्न चाहने युवाहरुको भिसा प्रक्रिया पूरा गराइदिने व्यवसायीलाई पछिल्लो समय दुतावासले प्रवेश नै नदिएपछि विदेश जान तयारी अवस्थामा रहेका युवाहरु अलपत्र परेका छन् ।

सरदर एक हप्तामा एक हजार युवाहरुको पासपोर्ट भिसा लगाउनका लगि दुतावास जानुपर्ने हुन्छ । त्यसका लागि दुतावासले व्यवसायीलाई प्रवेशका लागि परिचयपत्र दिएको हुन्छ । पछिल्लो समय करिब १५० जना व्यवसायीको परिचयपत्रको समावधि सकिएको मौका छोपेर दुतावासले दुःख दिएको एक व्यवासयीले बताए ।

प्रवेशपत्रको मिति सकिनुभन्दा १० दिन अगाडि मिति थप गर्नका लागि आवश्यक कागजपत्र पेश गरिए पनि दुतावासले मिति थपेन । मिति नथपे पनि केही समय मिति थप्ने प्रक्रियामा नै छ भनेर प्रवेश दिइएको थियो ।

तर अहिले प्रवेश पत्रमा मिति पनि नथप्ने र प्रवेश पनि नदिने गरिएको व्यवसायीको आरोप छ ।

“मेरो परिचय पत्रको मिति डिसेम्बरमा सकिएको थियो । नविकरणका लागि मिति सकिनुभन्दा १० दिन अगाडि सबै कागलपत्र पेश गरेको थिएँ । तर नविकरण भएन । केही समय प्रवेश दिइयो । अहिले नविकरण पनि गरिएन, प्रवेश पनि दिइएन ।” एक व्यवसायीले भने ।

दोस्रोपटकसमेत नविकरणका लागि कागजपत्र पेश गरिए पनि अहिले दुतावासले व्यवसायीहरुलाई अल्झाएर राखेको छ ।

साउदी अरबका लागि काम गर्ने करिब १५० व्यवसायीको प्रवेशपत्रको मिति सकिएको छ । ति सबैलाई दुतावासमा प्रवेश पत्र नदिनुको पछाडि कमिसन खान खोजेको देखिन्छ ।

यससम्बन्धमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि समस्या समाधान गर्न सकेको छैन । अरु पनि विभिन्न पार्टीगत संघ संगठन खुलेका छन्, तर यो समस्या समाधान गर्न कसैले पनि सकेको छैन ।

व्यवसायीको प्रवेश पत्र नविकरण नगर्दा र दुतावासमा प्रवेश नदिदा अहिले हरेक एक हप्तामा करिब १ हजार विदेश जान चाहने युवाको काम रोकिएको छ ।

यसले गर्दा व्यवसायीसँगै विदेश जान चाहने कामदारसमेत समस्यामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्