Logo

प्रधानमन्त्री ओलीले यसरी जिते चिनियाँ राष्ट्रपति चिनफिङको मन



(Special Correspondent Rishi Raj Dhamala) : 

बेईजीङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङको मन जित्न सफल भएका छन् । ६ दिने भ्रमणको लागि ५ गते चीन आईपुगेका प्रधानमन्त्रीले यहाँ आएको भोलिपल्ट अर्थात असार ६ गते चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरे ।

हिजो भएको भेटवार्तामा ओलीलाई चिनियाँ राष्ट्रपतिले न्यानो आतिथ्यता प्रदानमात्रै गरेनन, ओलीसँग खुलेर द्धिपक्षीय हित र आर्थिक समृद्धिबारे गहन छलफल समेत गरे । ओलीपनि सिको न्यानो आतिथ्यताबाट अति नै प्रफुलिल्त देखिन्थे ।
हुन त प्रधानमन्त्री ओलीले जारी चीन भ्रमणकै क्रममा आफ्नो भ्रमण सफल र ऐतिहाँसिक भएको विश्वास दिलाएका छन् । आज विहान मसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भने,“यो भ्रमणबाट म खुशी छु, अवश्य पनि यो भ्रमण ऐतिहाँसिक र सफल बनेको छ।”

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच हिजो (बुधबार) बेइजिङमा एक्लाएक्लै र प्रतिनिधिमण्डलसहितकको संयुक्त वार्ता भएको थियो ।

बुधबार भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरू खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म र्पुयाउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।

त्यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि भ्रमण ऐतिहाँसिक र सफल भएको दाबी पत्रकार ऋषि धमलासँगको कुराकानीमा बताए ।छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भ्रमणको दोस्रो दिन बुधबार ओली र सिबीच ग्रेट हल अफ पिपुलमा भेटवार्ता भएको थियो ।

दुई नेताहरुबीच अत्यन्तै राम्रो कुराकानी भएको थियो । ओलीलाई चीनीयाँ पक्षबाट भव्य रुपमा स्वागत भयो । राष्ट्रपति सि र ओलीबीच करिब २० मिनेट एक्लाएक्लै कुराकानी समेत भएको थियो । नेपालमा चुनाव सम्पन्न भएपछि तीनै तहको सरकार बनाएर चीन भ्रमणमा आउनुभयो भन्दै सिले ओलीसामू खुशी प्रकट गरेका थिए ।

सम्बन्धित समाचारहरु :

चीन भ्रमण सफल र ऐतिहाँसिक भयो, म खुशी छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा

ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित

चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

सिले भनेका थिए,‘तपाईलाई बेईजीङमा पाउँदा म अत्यन्तै खुशी छु, नेपालको विकास र समृद्धिमा जस्तोसुकै सहयोग गर्नपनि म तयार छु।’
सिले ओलीलाई एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको कुरामा पनि खुशी व्यक्त गरे । उनले तपाईजस्तो नेताहरुकै कारण नेपालमा चीन विरोधी गतिविधि रोकिएकोमा अझ धेरै प्रशन्नता प्रकट गरे । उनले भनेका थिए,‘एक चीन नीतिप्रति निरन्तर नेपालले खेलेको भूमिकाको म प्रशंसा गर्छु, म औधी खुशी छु ।’

नेपालको विकास र समृद्धिबारे ओलीको रोडम्यापमा आफ्नो सहयोग र समर्थन निरन्तर रहने विश्वासपनि सिले व्यक्त गरेका थिए । दुई नेताहरुबीच भएको वान टु वान भेटवार्तामा ढिलोमा साँढे ६ वर्ष्भित्रै चीनीयाँ रेल काठमाडौं पुर्याउनेपनि समझदारी बनेको छ । आज भएको समझदारी अनुसार आगामी अगष्टभित्र रेलबारे सम्भाव्यता अध्ययन सम्पन्न गर्ने र एक वर्ष्भित्र डिपीआर निर्माण गर्ने सहमति बनेको छ । आगामी साँढे ६ वर्ष्भित्रै बेईजीङ–केरुङ–काठमाडौं रेल पुर्याउने समझदारी बनेको छ ।

त्यस्तै विद्युत प्रशारण लाईन लगायत नेपालको विकास र समृद्धिमा चीनको साझा दृष्टिकोण रहनेपनि चीनीयाँ राष्ट्रपतिले ओलीलाई विश्वास दिलाए । आज दुई नेताहरुबीच राजनीतिक रुपमा पनि खुलेर कुराकानी भएको छ। ऋहिले नेपालमा नेकपाको एकलौटी सरकार बनेको अवस्था छ । नेपालले दुरदर्शी नेतृत्व पाएको भन्दै चीनीयाँ पक्षले खुलेर शुभकामना प्रकट गरे । त्यस्तै राष्ट्रपति सिले नेपालमा कम्युनिष्ट पार्टीहरु एक भएकोमा पनि खुशी व्यक्त गरे ।

रोचक त के भने ओलीसँगको भेटवार्तामा सिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीच पनि नेपालबारे कुराकानी भएको सुनाए । सिले मोदीसँगको छलफल तथा भेटवार्तामा नेपालको विकासबारे चर्चा तथा चिन्ता गर्ने गरेको कुरा ओलीलाई सुनाउन भ्याए । यो सुनेपछि ओलीपनि खुशी भएका थिए ।

चीनले नेपालका पूर्वाधार, रेलवे, उर्जा, र कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने भन्दै लगानीका क्षेत्रहरु समेत पहिल्याएको छ । हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने जडिबुटीदेखि कृषिजन्य सामाग्रीहरु चीन निर्यात गर्ने पनि यो भ्रमणले समझदारी कायम गरेको छ।
त्यस्तै चीनको लगानीमा नेपालमा विभिन्न पाँचतारे होटलहरु निर्माण गर्ने पनि चीन सरकारको प्रतिबद्धता छ ।

चीनले यो सँगै कनेक्टिभिटीमापनि विशेष जोड दिएको छ । सडक सञ्जालदेखि हवाई उडानपनि थप गर्ने उसको प्रतिबद्धता छ। विगतमा भएका सबैखाले सन्धि तथा सम्झौताहरुको द्रुततर कार्यान्वयनको साथै आगामी दिनमापनि नेपालको विकास र समृद्धिमा द्धिपक्षीय सहकार्यबारे यो भ्रमणले मार्गदर्शन गरेको छ ।

प्रधानमन्त्रीको भ्रमण दलका महत्वपूर्ण सदस्य रहेका परराष्ट्र प्रदिप ज्ञवालीले आजको भेटवार्ताबाट आफूहरु निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।उनले चीनको बेईजिङमा प्रधानमन्त्री बसेको होटल परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री ज्ञवालीले चीनीयाँ राष्ट्रपतिसँग सबै कुरामा खुलेर कुराकानी भएको जनाए । उनले भनेका छन्,‘प्रधानमन्त्रीको भ्रमण माईलस्टोन भएको छ, हामीबीच करिब १ घण्टा प्रतिनिधिमण्डलसहितको संयुक्त भेटवार्ता भयो, यसमा पनि खुलेरै कुराकानीहरु भएका छन्।’

पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षरपनि चाँडै हुने उनले विश्वास दिलाए । उनले भने,‘यसपालि नै यस सम्झौताबारे प्रोटोकलमा हस्ताक्षर हुन्थ्यो, तर केही प्राविधिक केही समस्या भएर केही पर सरेको हो, तर चाँडै हुन्छ।’

राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएको भेटमा सहभागी मन्त्री ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीले भेट शिष्टाचार भए पनि दुई पक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयमा कुराकानी भएको बताए। ‘नेपालले जे कुरालाई प्राथमिकतामा राख्छ त्यसमा चीन सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो,’ ज्ञवालीले संवाददाताहरूसँग भने,’हाम्रा लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार नै हो। त्यसमा पनि क्रस बोर्डर रेल्वे हो।’

ओली–सि समानता

राजनीतिक रुपमा पनि अहिले सि र ओलीबीच केही संयोगवशका समानताहरु भेटिन्छन् । जस्तो चीनमा अहिले सिलाई असमिति अधिकार प्राप्त भएको छ । यता नेपालमा पनि कम्युनिष्ट पार्टीले सम्पूर्ण अधिकार प्राप्त भएको छ । विकास र समृद्धिको लागि दुवैले मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्