लण्डन, ७ असार । अमेजोन कम्पनीका मालिक जेफ बेजोस आफ्नो जम्मा सम्पतिको साथमा संसारको सबैभन्दा धनि ब्यक्ति बनेका छन । बेजोसको अनलाईन कम्पनि एप्पल कम्पनि भन्दा दोश्र्रो स्थानको मुनाफा कमाउने कम्पनी हो ।
संसारका धनाढ्य ब्यक्तिहरुको सुचि तयार पार्ने अमेरेकी पत्रिका फोब्सले सोमबार जारि गरेको अर्बपतिको सुचिमा बेजोसको नाम अग्रस्थानमा रहेको छ । फोब्सका अनुसार बेजोसको कुल सम्पति १४१.९ अरब अमेरेकी डलर रहेको बताइएको छ ।
बेजोसले माईक्रोसप्टका संस्थापक बिल गेट्सलाई पछि पार्दे पहिलो स्थान हासिल गरेका हुन । बेजोसको एक जून भन्दा पछिकोे सम्पति पाँच अर्ब डलर भन्दापनि बढि छ ।
बेजोस अंग्रेजी बर्षको शुरुवातमै संसारकै धनि बनिसकेका थिए । उनले पछि पारेका बिल गेट्सको कुरा गर्ने हो भने उनको कुल सम्पति ९२.९ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ भने वारेन बफेट ८२.२ करोड अमेरेकी डलरका साथमा तेश्र्रो स्थानमा छन ।
२०१८ को जनवरिमा ब्लुमबर्ग र फोब्सले विश्वका अर्बपतिको सुचि जारी गरेको थियो । जसका अनुसार बेजोसलाई सुचिको सबैभन्दा माथि राखेको थियो ।
ब्लुमबर्गका अनुसार बेजोसको कुल सम्पति १०६ अरब अमेरेकि डलर जारि गरिएको थियो भने फोब्सले उनको जम्मा सम्पति १०५ अरब अमेरेकि डलर भएको जानकारी गराएको थियो ।
(मे २०१८) मा फोब्सले जारि गरेको विश्वका शक्तिशाली मान्छेको स’चिमा भारतका प्रसिद्ध ब्यापारी मुकेश अम्बानीको नाम पनि रहेको थियो जसमा उनि सूचिको ३२ औ स्थानमा रहेका थिए।




प्रतिक्रिया