सडक दुर्घटनामा परी २ हजार ३ सयभन्दा बढीले ज्यान गुमाए

0
Shares

काठमाडौं ८ असार ।  एक वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका अनुसार आव २०७४÷७५ साउनदेखि जेठ मसान्तसम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सवारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी ११ हजार ३ सय १० जना घाइते भएका छन् ।

यो अनुपातमा सडक दुर्घटनाबाट मात्र दैनिक ५ जनाको मृत्यु र ३१ जना घाइते हुने गरेका छन् ।

दुर्घटनाको आधाभन्दा बढी हिस्सा उपत्यकाका ३ जिल्लाले ओगटेको महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख एसएसपी वशन्त पन्तले बताए । ११ महिनाको सवारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ५ हजार ७ सय ८१ वटा दुर्घटनामा परी १ सय ६८ जनाको मृत्यु र ४ हजार ९९ जना चालक तथा पैदलयात्रु घाइते भएका छन् । -कारोबार दैनिकबाट