असार ८, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका बेला महत्वपूर्ण सम्झौता गरेका छन् ।
चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहितका १४ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । यसअघि बुधबार जलविद्युत आयोजनाहरुमा चिनियाँ लगानी एवं प्रशारण लाइनसहितका ९ वटा सहमतिमा हस्ताक्षर सम्पन्न भएको थियो । यसवीचमा बुधबार र विहीबार दुईै दिन गरी २३ वटा सहमतिपत्र एवं पत्र आदान प्रदानसम्बन्धी हस्ताक्षरसँगै प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य काम सम्पन्न भएको छ ।
संख्याका हिसाबले धेरैवटा सहमतिहरु भएको देखिए पनि कतिपय स(साना विषयका सहमतिसमेत गन्दाखेरि २३ वटा पुग्न गएको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा बेइजिङ रहेका पत्रकार ऋषि धमलाले केही व्यक्तिहरुसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
रामप्रसाद हुमागाई, कार्यकारी सम्पादक, गोरखापत्र
यसपटकको भ्रमणले चिनियाँ पक्षलाई नेपालमा राजनीतिक स्थिरता छ, अव लगानीको वातावरण बन्यो भन्ने विश्वास दिलाएको छ । नेपालमा रेल भित्रयाउने सम्बन्धमा चौध बुधे संयुक्र बक्तब्य जारी हुनुले नेपालमा रेल भित्रने प्रष्ट भएको छ । रेल चिनले बनाउने नभएर चिनीयाँ सहयोगमा नेपालले नै बनाउनुपर्ने छ । नेपालले चिनसंग गरेको दश बुधे सम्झौता पत्रमा सवै कुरा कार्यन्वयन हुने पक्का पक्की देखिपनि पेट्रोलियम पदार्थको बारेमा टुङ्गो लाग्न सकेन । चिनीयाँले नेपालप्रती पोलेसी र पोलटिक्स चाहेको हँदा नेपालमा पोल्टीकल स्थायित्व भयो अब पोलेसी स्थायित्व कायम हुन चिनको नेपाललाई सुझाब छ ।
शिव दहाल, पत्रकार, एभिन्युज खबर
यसपटकको प्रधानमन्त्रीको भ्रमणले चिन नेपालप्रति सकरात्मक भएको विश्वास सृजना भएको छ । यो पटकको भ्रमणले अघिल्लो पटकमा भएको भ्रमणमा भएका संमझौताहरु कार्यन्वयन हुने निश्चित जस्तो भएको छ । यो भ्रमणले नेपालमा रेल आउने संभावना बढेको हुँदा चिनले दिएको अनुदानमा रेल नेपाल भित्रने संम्भावना देखिन्छ । नेपाल चिन बीचमा देखिएका समस्या समाधानका बिषलाई टुङ्ग्याउने नेयाँ संयन्त्र बन्नुले यसपटको भ्रम उपल्विधीमुलक बनेको छ । चिनले नेपालको आन्तरिक मामीलामा अन्तराष्ट्रिय हस्तक्षेप नहोस भन्ने अपेक्षा राखेको छ ।
विश्वनाथ ज्ञवाली, उद्योगपति
पो टका प्रधानमन्त्री ओलीको भ्रमण उपल्विधीमुलक रहेको छ । यो पटका चिनसंग भएको संझौताले नेपालमा चिचिया सयोग तिन बिलिय भन्दा बढी भित्रने संम्भान बढेको छ । चिनले लगानी गर्देमा बिकाश हुने होइन त्यसको लागि नेपालले चिनलाई वातावरणको सृजना गर्नुपर्ने देखिन्छ । नेपालमा स्थाइ पाँच बर्षको सरकार आएको हँदा चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न यो भ्रमणले महत्वपुर्ण भूमिका खेलेको छ ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।




प्रतिक्रिया