असार ९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जिल्ला सभापतिहरुको भेला नियममित छलफल मात्र भएको बताएका छन् ।
कांग्रेसका जिल्ला सभापतिहरुको भेला हिजो हेटौँडामा सम्पन्न भएको थियो । भेलाले २१ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई विभिन्न सुझाब दिएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले कांग्रेसमा भएका कमी कमजोरी हटाउनका लागि भेलाले महत्वपूर्ण सुझाब दिएको दाबी गरे ।
सम्बन्धित समाचार :
पार्टी सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा छौँ : प्रदिप पौडेल
अहिलेको नेतृत्व बाहिरिनुपर्छ, उहाँहरुकै निगरानीमा नयाँ पुस्ताले पार्टी चलाउँछ : प्रदिप पौडेल
“नयाँ नीति पास गर्ने, नियम ल्याउने अधिकार जिल्ला सभापतिहरुलाई हुँदैन । यो भेलाले पार्टीभित्रका कमी कमजोरीहरुको समिक्षा गरेको छ । आगामी बाटो कसरी तय गर्ने भनेर सुझाब दिएको छ ।” पौडेलले भने ।
प्रतिपक्ष भूमिकामा सशक्त हुनका लागि आन्तरिक लोकतन्त्र सुदृढ हुनुपर्नेमा पौडेलले जोड दिएका छन् । पार्टीलाई विधानअनुसार चलाउन र सशक्त पार्टीको रुपमा स्थापित हुनका लागि भेलाले १० बुँदे संकल्प गरेको पौडेलले जानकारी दिए ।
परम्परागत ढंगले पार्टी चलाइरहने हो भने नयाँ ढंगले अगाडि जान नसकिने पौडेलले बताए । “उद्देश्य, लक्ष्य र प्राथमिकता फेर्न आवश्यक छ ।” पौडेलले भने ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले सर्वसत्तावाद निम्त्याउने खतरा बढेको निष्कर्ष भेलाले निकालेको छ । संविधानअनुसार अहिलेको सरकार चल्दैन कि भन्ने आशंका उब्जिएको पौडेलको तर्क छ ।
अहिलेको सरकारले राजनीतिक परिवर्तनका लागि समय खर्चनु पर्ने अवस्था नरहेकाले विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने पौडेलले बताए ।




प्रतिक्रिया