Logo

ग्रेट वालबाटै ऋषि धमलाको रिपोर्टिङ, चिनियाँ सिसिटिभीलाई अन्र्तवार्ता दिए



असार ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणका क्रममा आज तिब्बत पुगेका छन् । प्रधामन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छि चालाको साथमा ल्हासा पुगेका हुन् । प्रधानमन्त्री ओली शनिबार तिब्बतका दुई धार्मिक स्थलमा घुमफिर गर्ने कार्यक्रम छ ।

बेइजिङमा उच्चस्तरीय भोटवार्ता र सम्झौता सकेर ओली तिब्बत गएका हुन् । उनी १० गते नेपाल फर्किनेछन् ।

ओलीसँगै गएका अधिकांश सदस्यहरु नेपाल फर्किने क्रम जारी छ । चीन भ्रमणको रिपोर्टिङका लागि गएका पत्रकारहरु पनि अधिकांश फर्किइसकेका छन् ।

रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला पनि चीन भ्रमणबाट फर्किएका छन् ।उनले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाईनमा एकैसाथ रिपोर्टिङ गरेका थिए । धमलाले बेइजिङमा रहँदा निरन्तर केपी ओलीको उच्चस्तरीय भेटवार्ताको रिपोर्टिङ गरेका थिए ।

विहानदेखि रातिसम्म विभिन्न संचारमाध्यमका लागि रिपोर्टिङ गरेका धमलाले समग्रमा ओलीको चीन भ्रमण सफल भएको बताएका छन् ।

सम्बन्धित समाचार :

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कसले के भने ?

“कागजी रुपमा चीन भ्रमण सफल भएको छ । अब भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्छ ।” धमलाले भने ।

धमलाले चीनमा हुँदा भ्रमणदलका सदस्यहरुसँग निरन्तर कुराकानी गरेर अडियो–भिडियो नेपाल पठाएका थिए ।

चीन रहँदा दैनिक १८ देखि २० घण्टा रिपोर्टिङ गरेका धमलाले पत्रकार, उद्योगि, राजनीतिज्ञ सबैसँग चीन भ्रमणका बारेमा उतैबाट कुराकानी गरेर प्रत्यक्ष रिपोर्टिङ गरेका थिए ।

सातौँ आश्चर्यमध्येको एक ग्रेट वाल अफ चाइनबाटसमेत धमलाले रेडियो कार्यक्रम नेपाली बहस संचालन गरेका थिए ।

त्यसैगरीचीनको प्रसिद्ध टेलिभिजन सिसिभिटीलाई समेत पनि धमलाले अन्र्तवार्ता दिएका थिए । नेपालको सेलिब्रेटी जर्नालिष्टको नाताले उक्त टेलिभिजनले धमलासँग ईन्रभ्यू गरेको हो ।



प्रतिक्रिया दिनुहोस्