Logo

‘सन्तान सुख’ नामक पुस्तक विमोचन



काठमाडौं, १० असार । ‘बच्चा हुनु भनेको बाबुआमाको मुटु बाहिर देखिनुजस्तै हो । बच्चााले घाँटीमा हालेको अंगालो आमाको लागि सर्वाेत्कृष्ण गहना हो । बच्चा नभएको घर भुतको घरजस्तै सुनसान र एकलासको हुन्छ ।

जब बच्चा जन्मन्छ । उसले धेरै नयाँ जन्म लिएर आउछ । धेरै नाता उसंगै जन्मन्छन । सृष्टिको निरन्तरता हो बच्चा । नयाँ वा नौलो हरेक चिजले मान्छे आकर्षित हुन्छ । बच्चा पनि नयाँ नौलो हुन्छ । बच्चा जन्मिएर पहिलोपल्ट हातमा पर्दा हुने खुशीलाई बुद्धले जागरणसंग लगेर जोडेका छन् । यस्तै हुन्छ जागरण भनेका छन । त्यहि खुशीका लागि मान्छेले गरेको दुःखको किताब हो यो । ’

निसन्तान हरुले सन्तान पाउदाको सुख र दुःखको बारेमा लेखिएको किताब ‘सन्तान सुख’ बाट माथिको पंक्ति लिइएको हो । सन्तान सुख आज लोकापर्ण भएको हो । गोकर्ण गल्फ रिसोर्टमा आयोजित कार्यक्रममा डक्टर उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक बरिष्ठ डक्टर एलबि थापाले लोकापर्ण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै डक्टर एलबि थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक आउनु पर्ने थियो आयो भन्दै आफ्नो खुशी ब्यक्त गर्नु भयो । भन्नु भयो ‘नेपालमा डक्टरहरुले आफ्नो अनुभव लेख्नै पर्नेमा त्यो काम डक्टर उमा श्रीवास्तवले गरेर नेपाली साहित्य र चिकित्सा क्षेत्रलाई नै गुन लगाउनु भयो ।’

कार्यक्रममा उपस्थित डक्टर भोला रिजालले निसन्तानको लागि आफु पनि लामो समय लागिरहेको छु लेखनको लागि समय निकाल्नै गाह्रो हुन्छ तर कुनबेला डक्टर उमाले समय निकालेर यति राम्रो पुस्तक निकाल्नुु भयो भन्दै प्रश्न गर्नु भयो । आफुहरु सबैलाई छक्क पार्ने गरि आएको यो पुस्तक आफुले पढेको र निकै रोचक लागेको बताउनु भयो ।

कार्यक्रममा डक्टर सानु मैया दलीले डक्टर उमालाई हिजो भेटे जस्तो लाग्छ आज उमाले खोलेको निसन्तान केन्द्रले २५ बर्ष मनाईकन आफ्नो बारेमा पुस्तक लेखेर आश्चर्यमा पारेको बताउनु भयो ।

लेखन र प्रकाशनमा सहयोग गर्ने संस्था घोष्ट राईटिंग नेपाललाई पनि धन्यवाद दिनु भयो । लेखक डक्टर उमा श्रीवास्तवले आफुले आफ्नो भोगाई समिटिएको पुस्तक सन्तान सुख आफ्नो लागि भन्दा पनि निसन्तान दम्पतिले घचघचाएकोले लेखेको बताउनु भयो । ‘यो पुस्तक लेख्दा आफुले निसन्तान दम्पतिलाई धेरै पल्ट सम्झेको र उनीहरुको लागि दस्तावेज बन्न सक्छ भनेर लेखेको हो ।’

पुस्तक लेखन र प्रकाशन गरेको संस्था घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले मान्छेका कथा आफुहरुलाई आश्चर्य चकित , अप्रत्याशित र अनौठो लाग्ने हुनाले आफुहरु त्यसमा लागिपरेको बताउदै आज आएको पुस्तक नेपाली पाठक र बजारको लागि नयाँ स्वाद हुने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्