असार १०, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले १३ अर्ब २ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतबार महानगरको तेश्रो नगरसभामा २०७५÷७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको हो ।
सम्बन्धित समाचार :
काठमाडौं महानगरका फुटपाथमा हुँदै आएको व्यापारमा प्रतिबन्ध लाग्ने
केही काम गरेन भन्नेलाई काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दरको जवाफ
काठमाण्डौ महानगरले मनोरञ्जन कर उठाउन सकेन
काठमाण्डौमा मोनोरेलको सपना पूरा हुँदै
आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ र अन्य स्रोतबाट अन्य १ अर्ब ४ करोड ११ लाख रुपैयाँ बजेटको स्रोत हुने महानगरले जनाएको छ । यसमध्ये महानगरले केन्द्र सरकारबाट १ अर्ब ७८ करोड रुपैयाँ अनुदान पाएको छ । महानगरपालिकाले मोनोरेलदेखि इ–ट्वाइलेट निर्माणसम्मको योजना अघि सारेको छ । त्यसका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ ।
रानीपोखरी र दरबार हाइ स्कूलको पुनर्निर्माण अघि बढाउने उल्लेख गरिएको छ । व्यवस्थित शहर सुरक्षित शहर नारा बजेटमा समावेश गरिएको छ । यस्तै शहरी सुविधा न्यूनतम शर्त, सुरक्षित भवन र नक्सापास डिजिटल बनाउने उपकरण खरिद ७ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले कौसी खेतीलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
पशु बधशाला र सञ्चालनमा रहेका तरकारी बजार आधुनीकीकरणका लागि ६ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले शहरी योजना आयोग स्थापना गर्ने जनाएको छ । यस्तै निस्शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरले शिक्षाका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।




प्रतिक्रिया