Logo

धमलाको हमलामै कोमल ओलीको विवाहलाई लिएर दोहोरी चलेपछि केके भयो हेर्नुस् (भिडियोसहित)



असार ११, काठमाण्डौ । चर्चित गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीले आफूसँग विवाहको कुरै नगर्न पत्रकार ऋषि धमलासँग आग्रह गरेकी छिन् ।

टेलिभिजन कार्यक्रम “धमलाको हमला“ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वलीले आफ्नो विवाह गर्ने उमेर घर्किसकेको भन्दै अब विवाहका बारेमा कुरै नगर्ने बताइन् ।
उनले भनिन्,‘मसँग विवाहको कुरै नगर्नुहोस्, विवाहको कुरा सुन्दा सुन्दा वाक्क भैसकें ।’

सम्बन्धित समाचार :

कोमल ओली एमालेमा प्रवेश हुँदा रेखा थापा खुसिले गद्गद

गायिका कोमल वली अराजक कि अबसरवादी ?

वैवाहिक जीवनतर्फ आफूले अहिले नसोचेको वलीको भनाई थियो । आफू अब जनताको सेवाका लागि राजनीतिमा केन्द्रित हुने वलीले बताईन् ।

“अब म पूर्ण रुपमा राजनीतिमा होमिएको छु । विवाहको च्याप्टर क्लोज भयो ।” वलीले भनिन् ।

वलीसँगै रहेकी गायिका राधिका हमालले भने विवाह गर्न सल्लाह दिएकी थिइन् ।

हमालले भने बाँकी जीवन सुखदसँग निर्वाह गर्नपनि विवाह गर्न वलीलाई सुझाएकी थिईन् । तर कोमलले भने हाँस्दै उनको आग्रहलाई टारेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्