Logo

नारायणगढ-मुग्लिन सडक खण्ड सास्तिबाट आस्तिमा परिणत-फोटो सहित



धनराज वास्तविक: काठमाडौं, ११ जेठ । नेपाली समाजमा एउटा स्थापित प्रश्न छ,‘गरे के हुँदैन ?’ केही सयम पहिले चितवनको नारायणगढदेखि धादिङको मुग्लिनसम्मको सडक यात्राको बारेमा हर कोही नेपाली जानकारी छन् । उत्त यात्राले आजित बनाएको कुरा झनै सत्य हो ।

यस सडकमा यात्रा गर्दा अनेकन कुराहरुले आक्रमण गर्ने गर्थे । राजधानीको लागि सयर गरेको सुन्दर जीवनको कुनै ठेगान रहँदैन थियो । मनमा डर र सवारी चालकको भरमा हजारौं यात्रीहरु उक्त सडक खण्ड छिचोल्न बाध्य हुन्थे ।

बलियो आर्थिक अवस्था भएका मानिसहरुले गन्तव्यमा पुग्नको लागि जहाजको प्रयोग गरे होलान् । तर अरु सर्वसाधारण मानिसहरुले नारयणगढ–मुग्लिन खण्डको धुलो, धुवाँ, वर्षा, झरी, ढुङ्गा, पहिरो सबै कुरा भोग्न बाध्य भएका थिए । यतिमात्रै कहाँ हो र ? धेरै व्यक्तिहरुले ज्यान समेत गुमाए । पहिरो खसेर होस् या गाढि तिर्सुलीमा खसेर होस् । यस्ता बिरह लाग्दा दृश्यहरुकोे जीवित पात्र म जस्ता हजारौं छन् र होलान् ।

बौहाल बनेर उर्लिदै बग्ने तिर्सुलीले खिलाराज रेग्मीको अध्यक्षमा बनेको तात्कालिन सरकारका मुख्य सचिव माधव घिमिरे लगायत हजारौंको जीवन खाईसकेको छ ।

पूर्व मेचि र पश्चिम महाकालिबाट खुब जोड तोडले संघीय राजधानी काठमाडौं दौडेका गाढिहरु त्यो जाममा फस्ने गर्दथे । सुस्केरा मार्दै लामो स्वास फेर्न बाध्य हुने सवारी चालकहरु धुलाम्मे र हिलाम्मे बाटोमा ज्यानको प्रवाह नगरिकन गाढि हाक्ने गर्थे । जम्मा ३६ किमि सडकमा घण्टौ समय लाग्ने अवस्थाले वर्षौसम्म आजित भएका सर्वसाधारणले सरकारलाई निरन्तर दवाफ नदिएका भने होईनन् । अस्थिर सरकार र निमार्ण पक्षको लाप्रबाहीका कारण नारायणगढ–मुग्लिन सडक खण्ड समयमा निमार्ण हुन सकेन ।

पूर्वी र पश्चिम नेपालसँग राजधानी जोड्न सहज मार्ग बनाउने उद्देश्यकासाथ सन् २०१५ अप्रिलमा २ बर्षभित्र सडक विस्तारको काम सक्नेगरी निमार्ण कम्पनीसँग सम्झौता भएको थियो । चौथो पटक म्याद थप गरी सडकखण्डको दासढुंगा, जलबीरे, चेपाङडाँडा र आँपटारी क्षेत्रमा ३.२ किलोमिटर सडक कालोपत्रेको काम सकिएसँगै नारायणगढ–मुग्लिन सडक खण्डको परिचय बद्लिएको छ ।

३६ किमिको यात्रा ३६ मिनेटमै

कुरा जेठ १० गतेको हो । बिहान ७ बजे दाङबाट हिडेको माईक्रो हाईस दिउँसो १ बजे नारायणगढमा रोकियो । केही बेरको आराम पछि माईक्रो नारायणिको किनारा तर्फ हानियो । 

ठिक ३६ किमिको यात्रामा हिडेको माईक्रो स्पीड ८० देखि १ सयसम्म थियो । बेलाबेलामा चालकलाई विस्तारै है भन्ने गर्थे । दासढुङ्गामा जन नेता स्व.मदन भण्डारी र जीवराज आश्रीतको प्रतिमा नियालियो । माईक्रो स्पीड भएका कारण राम्ररी फोटो लिन भने पाईएन ।

उक्त सडक खण्डमा लामो समयदेखि गाढि चलाउँदै आएका प्रकाश भनिने माईक्रो चालकसँग केही अनुभूति साट्न मन लाग्यो । प्रकाशसँग मुग्लिन–नारायणगढ सडक खण्डका बारेमा जति अनुभव छ, त्यति अनुभव अरु यात्रीसँग हुने कुरा भएन । उनले भने,‘यो सडकमा धेरै दुख पाईयो । काम गर्ने हो भने सबै सकिदो रहेछ, यस्तो सडक बन्छ जस्तो लाग्दैन थियो । आज प्रत्येक मिनेटमा १ किमि गाडि कुदाउन सकिन्छ । केही अवरोध बाहेक अरु सबै ठिक छ ।’

सम्बन्धि समाचार

मुग्लिनमा पहिरोले दुई वटा गाडी पुरिए

मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का  

प्रकासले अघि थपे,‘पुल साँधुरा भएका कारण केही समस्या बाँकि छ, सडकको छेउ निक्कै कम्जोर जस्तो लाग्छ, तल तिर्सुली माथि यत्रा गाडिहरु चल्छन्, पहिलो खस्ने डर उत्तिकै छ, वर्षायाममा यो सडक खण्ड डर नै छ, पहिरोको रोकथाम र नदी तर्फको सडकभागलाई बलियो आधार बनाउनमा ध्यान दिने हो भने, सबै पुलहरु बनेको खण्डमा यात्रा सहज र छरितो हुन्छ ।’ पहिलेको यात्रा र अहिलेको यात्रामा अनन्त फरक पाएका यात्रीहरुले आगामी दिनहरुमा सास्ति भोग्न नपरोस् । यस सडक खण्डमा गाडि खसेको सुन्न नपरोस् । दुखद खबर बन्नेमा नारायणगढ–मुग्लिन सडक खण्ड दर्ज नहोस् यस्तै कामनासँगै ३६ मिनेटमै मुग्लिनको बजारमा आईपुगियो ।

तीन तहमा कालोपत्रे गरिएको सडकखण्डमा २८ किलोमिटर दोस्रो तहको र ८ किलोमिटर सडक तेस्रो तहको कालोपत्रे गरिएको थियो । बाटो बिस्तारसँगै पुल निर्माणको काम नहुँदा सडकखण्डमा जाम हुने समस्या भने बाँकि नै छ । बाटो ठूलो हुँदा गाडी स्पिडमा गुड्ने र गाडीहरु पुलको मुखमा थुप्रिने गरेकाले समस्या बाँकि रहेको छ । पुलनजिक पर्ने यस्ता जाममा लाइनमा नबस्ने र साना गाडीले ओभरटेक गर्दा समस्या बढाउने देखिन्छ ।

सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी बाटो विस्तारको काममा सहभागी भएका थिए । बीएलएसीसीले आँपटारीदेखि दासढुंगासम्मको १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुंगादेखि सिमलतालसम्मको १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखि मुग्लिनसम्मको १२.१ किलोमिटर सडक विस्तारको ठेक्का लिएर काम गरेका थिए । अहिले श्रमिकहरु भिरमा चढेर बाँकि सकडको काम गरिरहेका छन् ।

चारवटा पुल निर्माण बाँकि

सडकखण्डमा पर्ने १८ वटा पुलमध्ये ४ पुल निर्माण कार्य सुरू छ । दासढुंगा, मौरी, खानी र जलबीरे पुलको मात्र निर्माण कार्य अघि बढेको छ । लामा कन्स्ट्रक्सन कम्पनीले दासढुंगा, मौरी, खानी पुल निर्माण गर्दैछ ।

८० मिटर लामो जलविरे पुल निर्माणको जिम्मा सुप्रिम–रौताहा जेभीलाई दिइएको छ । १३ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने पुल २२ जुलाई २०१९ सम्म सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका १८ वटा पुलको लम्बाई ४८४ मिटर रहेको छ । प्रायःजसो पुल २० मिटरभन्दा लामो रहेका छन् । चार पुलको निर्माण कार्य २१ प्रतिशत सकिएको सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

पुल निर्माण सम्झौता सडक विभागमार्फत् नै हुने भएकाले अन्य पुल निर्माणको सम्झौता भइनसकेको उनले बताए । सडकखण्डमा पहाड फोरेर बाटो विस्तारको काम गरिएकाले सडक पहिरोको जोखिममा रहेको छ । अहिले पहाडमा १०० मिटर माथिसम्म पुगेर सफा गर्ने काम भइरहेको छ । पहिरो रोकथामको कार्य सुरू गरिएको सूचना अधिकारी खनालले जानकारी दिए । सडक विस्तारमा वातावरण र सामाजिक पक्षलाई पनि ध्यान दिइएको उनी बताउँछन् ।

मार्गमा ‘एनिमल पासिङ ब्रिज’

वरण्डाभार क्षेत्रमा जैविक मार्गमा वन्यजन्तु ओहोरदोहोर गर्नको लागि ‘एनिमल पासिङ ब्रिज’ बनाइएको छ । पुलबाटै बाटो काटुन् भनेर त्यसको वरिपरिको क्षेत्रमा तारबार गर्ने कार्य भइरहेको छ । एसियन हाईवे स्ट्यान्डर्डमा विस्तार गरिएको सडकमा १४ किलोमिटर ११ मिटर र १९ किलोमिटर ९ मिटर चौडाइको बनाइँदैछ । दुई अर्ब ९० करोडको लागतमा बन्दै गरेको सडक हरेकदिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरी निर्माण कार्य गरिएको खनाल बताउछन् ।

https://www.youtube.com/watch?v=cvoF7NxBH7c

तस्बिर–धनराज वास्तविक



प्रतिक्रिया दिनुहोस्