मन्त्री मगरले मेलम्चीको पानी खुवाउने भाका फेरिन्


काठमाडौं, ११ असार । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने भाका सारेकी छिन् । यसअघि उनले दशैंअघि नै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सार्वजनिक प्रतिबद्धता गरेकी थिईन् ।

तर तीन महिना नबित्दै उनी आफ्नो प्रतिबद्धताबाट पछि हटेकी छिन् । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री मगरले रिपोर्टर्स क्लबको साक्षात्कारमा आएर जसरीपनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंको घर–घरमा पुर्याउने बताएकी थिईन् ।

तर आज खानेपानी मन्त्रालयले आगामी कात्तिक १ गतेबाट काठमाडौवासीलाई बहुप्रतिक्षित मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएपछि मन्त्री मगर आफ्नो प्रतिबद्धताबाट ब्याक भएको स्पष्ट छ ।

यसअघि पटक–पटक मेलम्चीको पानी आउने भनेपनि ठेकेदार र खानेपानी मन्त्रालयबीचको लेनदेन विवादले काम प्रभावित हुदै जाँदा मेलम्चीको पानी काठमाडौवासीका लागि ‘आकासको फल आँखातरी मर’ भनेजस्तै हुदै आएको थियो ।

सोमबार खानेपानी मन्त्रालयले पत्रकार सम्मेलन गरी आगामी असोजसम्म आयोजनाको सवै काम सकेर कात्तिक १ गतेबाट काठमाडौबासीलाई मेलम्चीको पानी वितरण गरेरै छाड्ने मन्त्री मगरले पूनः अर्को नयाँ प्रतिबद्धता जनाएकी छिन् ।

पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्चीबाट दैनिक आठहजार करोड लिटर पानी उपत्यकामा भित्रने भन्दै त्यसका लागि असार १५ सम्म धेरै काम सकिने बताइन् ।

तस्विर : मुकुन्द कालिकोटे