Logo

गंगामाया अधिकारी पुनः अनशनमा, छोराको हत्यारा पत्ता नलागेसम्म लड्ने उद्घोष



असार ११, काठमाण्डौ । गोरखा फुजेलका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारी , आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहिको माग राख्दै अनसन बस्न थालेको १२ बर्ष भन्दा बढि भैसक्यो । अन्सन बस्दा बस्दै बुवा नन्द प्रसाद अधिकारीको २०७१ साल असोज ६ मै मृत्यु भईसको छ ।

अधिकारी दम्पतीका १७ वर्षे कान्छा छोरा कृष्ण प्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते तत्कालिन माओबादिले चितवनमा हत्या गरेको थियो । आमा गंगामायाले अपराधीलाई कारबाहिको माग राखी आमरण अनशन थाल्दा कतैबाट सुनुवाई भएको छैन ।

सम्बन्धित समाचार :

उज्जन श्रेष्ठको हत्यारा पक्राउ गर्न सक्ने सरकारले कृष्णप्रसाद अधिकारीका हत्यारालाई पनि जेल हाल्नुपर्छ, गंगामायाको जीवन रक्षा गर : सरोकारवाला

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

गंगामायाको जीवनरक्षाका लागि धर्ना

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार

विद्या हराए काशी जानु न्याय नपाए गोरखा जानु भन्ने उखान उखानमा नै सिमीत रहने जस्तै भयो गंगामाया अधिकारीको जीवनमा पनि । १७ वर्षे छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कार्वाहि गरी पाउ भनी प्रधानमन्त्री निवास देखि विर अस्पतालको चिसो भुईमा आईपुग्दा समेत गंगामायाको आवाजलाई कसैले सुनिदिएका छैनन् ।

विभिन्न तहतप्काका सरकारी कर्मचारी देखि लिएर प्रधानमन्त्री, मन्त्री, वकिल। न्यायधिश र सांसद संग हात जोड्दा जोड्दै गली सकिएको बताउछिन् अधिकारी ।

आफ्नो छोराको हत्या गर्ने हत्याराहरु खुलेआम हिडेको देख्दा देशमा कानुन जिउदो रहेनछ भन्ने आभाष हुने रहेछ अधिकारिलाई । आफ्नो आधा बढि जिन्दगी रोई,कराई आसु पिएर बाच्न बाध्य बनाएको र यो आसुको रापले एक दिन आफ्नो छोराको हत्याराहरुको कालो दिन सावित हुने अधिकारीको विश्वास छ ।

कृष्ण प्रसाद अधिकारीको हत्या भएको ११ पुगी १२ वर्षमा प्रवेश गर्दा ११ देशमा प्रधानमन्त्री फेरिई सके तर छोराको हत्यारा को हुन भनेर सरकारले छानविन समिती समेत बनाएको छैन । हाल विर अस्पतालको चिसो भुईमा आमरण अनसनमा रहेकी अधिकारि बोल्दा बोल्दै लामोसुस्केरा तान्दै भन्छीन, आफुलाई न्याय दिने न्याय कर्ता यो धर्तिमा अझै जन्मिएका छैनन् ।

आफ्नो छोराको हत्यारालाई कानुनको जिम्मा लगाउने दृढताले लडिरहेकी गगांमाया प्रति कसैले सहानुभुती देखाउलान या नदेखाउलान तर अधिकारी मृत्युवरण गर्न नै बरु राजि छन् । निकै लामो समयपछी देशले स्थायी सरकार पाएको छ । सुखी नेपाली र समृद्ध नेपाल वर्तमान सरकारले नारा लगाइरहदा गगांमाया अधिकारी सत्य र न्यायको प्रतिक्षामा छिन् ।



प्रतिक्रिया दिनुहोस्