असार ११, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू विश्वकपको पारखी भएको बताएका छन् ।
टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै तिमिल्सिनाले यसपटकको विश्वकप हेर्ने गरेको बताए ।
आफूलाई अर्जेन्टिनाका मेसी र ब्राजिलका नेयमार मन पर्ने उनले बताए ।
यसपटकको विश्वकपमा मेसीले सोचेजति खेल प्रस्तुत गर्न नसके पनि खेलाडिले सँधै एकनासको खेल खेल्न नसक्ने भएकाले सामान्य रुपमा लिनुपर्ने बताए ।
त्यस्तै उनले देशमा भने स्पेन मान पर्ने बताउँदै यसपटकको विश्वकप स्पेनले जित्न सक्ने अनुमान गरे ।
आफूले भने राजनीतिमा लागेर सोचेजति गोल गर्न नसकेको उनको तर्क छ । आफू राजनीतिमा २०३५ सालदेखि नै लागेको बताउँदै उनले राष्ट्रियसभाको अध्यक्ष बन्दैमा राजनीतिको लक्ष्य प्राप्त गरेको भन्न नमिल्ने उनको तर्क छ ।




प्रतिक्रिया